कोशी प्रदेशमा कृषि मुल्य सूचना प्रणाली सञ्चालन

चैत्र १४, २०८०

किसानलाई कृषि मूल्य सूचना उपलब्ध गराउने उद्धेश्यले कोशी प्रदेश सरकारले कृषि सूचना प्रणली सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशका कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले आज कृषि मूल्य सूचना प्रणाली सुरुवात भएको घोषणा गर्नुभयो । कोशी प्रदेशमा उत्पादन भएका कृषि उपजहरुको बारेमा उत्पादक किसान, व्यावसायी, उपभोक्ताहरुबीचमा सहज सूचना प्रवाह गर्न मूल्य सूचना प्रणाली प्रभावकारी हुने मन्त्रालयको दावी छ । 

उत्पादित उपजको बजार मूल्यको बारेमा जानकारी नपाउँदा किसानले सस्तोमा वस्तु बिक्री गर्नुपर्ने बाध्यता हटाउने सूचना प्रणालीले सहयोग पुग्न सक्ने बताइएको छ । फरक फरक बजारमा वस्तुको फरक मूल्य हुने भएकोले किसान र व्यापारीहरुले बजार छनौट गर्न सक्ने अवसर पनि सो प्रणाली उपलब्ध गराउने मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलले बताउनुभयो । सो प्रणालीमा कोशी प्रदेशका तीन ठूला बजार बिर्तामोड, धरान र इनरुवाको थोक तथा खुद्रा मूल्य समावेश गरिएका छन् । 


प्रतिक्रिया