यो वर्ष नेपालको अर्थतन्त्र ३ दशमलव ३ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

चैत्र २०, २०८० | काठमाडौं

आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३ दशमलव ३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको साउथ एसिया डेमलपमेन्ट अपडेटमा निजी क्षेत्रको लगानी बढ्न नसकिरहेको बेला पनि पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

पछिल्ला महिनाहरूमा रेमिट्यान्स निरन्तर बढिरहेकाले निजी उपभोगसमेत बढ्ने सम्भावना रहेको बताइएको छ । यसअघि विश्व बैंकले नै नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेकोमा अहिले केही घटाएको हो

। सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण पनि विश्व बैंकको छ । 


प्रतिक्रिया