वसन्त ऋतुमा हिमाल आरोहण गर्न ३ सय ३४ जनालाई अनुमति

चैत्र २६, २०८० | काठमाडौं

पर्यटन विभागले वसन्त ऋतुमा हिमाल आरोहणका लागि पछिल्लो तथ्याङ्क अनुसार ३ सय ३४ जनालाई अनुमति दिएको छ ।

विभागका अनुसार मार्च १ देखि अप्रिल ७ सम्म १६ वटा हिमाल आरोहण गर्न ७४ जना महिला आरोहीसहित ३ सय ३४ जनालाई अनुमति दिइएको हो । सबैभन्दा धेरै आरोहण अनुमति सगरमाथाका लागि दिइएको छ ।

सर्वोच्च शिखर सगरमाथा चढ्न १ सय ४९ जनाले अनुमति पाएका छन् । त्यस्तै, ल्होत्से हिमालका लागि ४५, आमादब्बलमका लागि ३८, अन्नपूर्ण पहिलोका लागि २५ जनाले अनुमति लिएको विभागले जनाएको छ । त्यस्तै, धौलागिरिका लागि १५, मकालुका लागि १०, जुगल प्रथम र जुगल दोस्रोका लागि १०÷१० जनाले आरोहण अनुमति पाएका छन् ।

ती अनुमतिबाट विभागले २३ करोड ७५ लाख रुपैयाँ भन्दा बढी रोयल्टी संकलन गरेको छ । हिमाल आरोहणका लागि वसन्तऋतु सबैभन्दा उत्तम समय हो । 


प्रतिक्रिया