चैत महिनामा घर जग्गा कारोबारबाट ३ अर्ब बढी राजस्व संकलन

वैशाख ३, २०८१ | काठमाडौं

चालु आर्थिक वर्षको चैत महिनामा घर जग्गा कारोबारबाट झन्डै ४ अर्ब रुपैया राजस्व संकलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत महिनामा ५० हजार २ सय ५२ संख्यामा कारोबार हुदा ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको हो । जुन अघिल्लो महिनाको तुलनामा ३५ करोड रुपैयाँ बढी हो ।

राष्ट्र बैंकले मौदि«क नीतिको समिक्षा मार्फत केही लचिलो नीति अपनाएको कारण घरजग्गा कारोबार बढ्दा राजस्वमा वृद्धि भएको विभागका महानिर्देशक विदुर प्रसाद खनालले बताउनुभयो ।  


प्रतिक्रिया