पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बृद्धि
वैशाख ३, २०८१ | काठमाडौं
पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्दा आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले बृद्धि भएको छ ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १ सय ७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ ।