नेपालमा विदेशी पर्यटकको बसाई औसत १३ दिन

वैशाख ६, २०८१ | काठमाडौं

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२३ मा नेपालमा एक जना पर्यटकको औसत बसाई १३ दिनभन्दा केही बढी रहेको पाइएको जनाएको छ ।

मन्त्रालयले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा पर्यटकहरु औसतमा १३ दशमलव २ दिन बस्ने गरेका हुन् । अघिल्लो वर्ष सन् २०२२ मा पर्यटकको औसतमा नेपाल बसाई १३ दशमलव १ दिन थियो ।

सन् २०२० यताको दुई वर्षमा पर्यटकको औसत बसाइ अहिलेको तुलामा बढी थियो । सन् २०२० मा १५ दशमलव १ दिन र सन् २०२१ मा १५ दशमलव ५ दिन बसाइ अवधि थियो ।

मन्त्रालयका अनुसार सन् २०२३ मा १० लाख १४ हजार ८ सय ८२ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

जुन अघिल्लो वर्षको तुलनामा ६५ दशमलव ५ प्रतिशतले बढी हो । मन्त्रालयका अनुसार सन् २०२२ मा ६ लाख १४ हजार ८ सय ६९ जनाले नेपाल भ्रमण गरेका थिए । 


प्रतिक्रिया