पाँच वर्ष पछि खूल्दै ताक्लाकोट नाका

जेष्ठ ३, २०८१ | बझाङ

चीनसँगको सीमा नाका ताक्लाकोट पाँच वर्ष पछि खुल्ने तयारी भएको छ । कोरोना संक्रमणको कारण देखाउदै बन्द भएको नाका खुल्ने तयारी भएको हो ।

नाका खुल्ने तयारी भएसँगै चीनको सिमावर्ती बजार ताक्लाकोट छिर्ने बझाङको उरैै भञ्ज्याङबाट जानका लागि जिल्ला प्रशासन कार्यालय बझाङले समेत अनुमतिपत्र जारी गर्ने तयारी गरेको छ ।

आगामी जुलाइ र अगस्टको लागि नाका खुल्ने जानकारी आएकाले सोही अनुसार अनुमति पत्र जारी गर्ने तयारी भएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन भित्र सिमा प्रवेश अनुमती पत्र वितरण गर्न सुरु गरिने भएको छ ।

नाका बन्द हुँदा तिब्वतमा पर्ने मानसरोवर कैलास सँग सम्बन्धीत धार्मिक गतिविधी समेत अवरुद्ध भएका छन् । 


प्रतिक्रिया