वीरगञ्ज घोषणापत्र जारी गर्दै नेपाल–भारत मल्टीमोडल लजिस्टिक तथा कनेक्टीभिटी समिट सम्पन्न

जेष्ठ १०, २०८१ | वीरगञ्ज

वीरगञ्ज घोषणापत्र जारी गर्दै नेपाल–भारत मल्टीमोडल लजिस्टिक तथा कनेक्टीभिटी समिट सम्पन्न भएको छ ।

व्यापार सम्बन्धि नीतिमा देखिएको भिन्नता र कानुनी जटिलताले व्यापारलाई कठिन बनाउने गरेको तथा व्यापार नीतिहरु अचानक परिवर्तन हुँदा काम गर्न गाह्रो भएको सम्मेलनको निष्कर्ष छ ।

घोषणापत्रमा व्यापार तथा औधोगिक नीतिहरु दिर्घकालीन हुनु पर्ने, नेपाल भारत सीमामा आयात–निर्यात कारोबारलाई सहज गर्न पारदर्शी र मर्यादित बनाउन सञ्चालित भन्सार, सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकीहरुको पूर्वाधारमा सुधार गर्नुपर्ने उल्लेख छ ।

भारतीय बन्दरगाहको उपयोग नेपालका लागि सामुन्द्रीक मार्गसम्मको पहुँचमात्र नभएर भारतीय बन्दरगाहका लागि व्यवसाय समेत भएको सम्मेललको निष्कर्ष छ ।

 सम्मेलनका सहभागीहरुले अवैध व्यापार नियन्त्रणकालागि सम्पूर्ण भन्साार नाकाहरुमा एक्सरे मेसिनको व्यवस्था हुनु पर्ने र नाकाहरुको व्यवस्थित सञ्चालन गर्नुपर्ने लगायत सुझाव दिएका छन् ।


प्रतिक्रिया