चीनसँगका ७ वटा ब्यापारीक नाका चार वर्षपछि सञ्चालन

जेष्ठ १२, २०८१ | संखुवासभा

संखुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित ७ वटा ब्यापारीक नाका चार वर्षपछि फेरि सञ्चालनमा आएका छन् ।

कोरोना भाइरस संक्रमणपछि चिनियाँ पक्षले ती नाका बन्द गरेको थियो । किमाथाङ्कासहित दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा र ताप्लेजुङस्थित उत्तरी नाका सञ्चालन भएको छ ।

नाका पुनः सञ्चालनको घोषणाका लागि किमाथाङ्कामा आज एक कार्यक्रमको आयोजना समेत गरियो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले व्यापारिक सीमा नाका पुनः सञ्चालनबाट नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याएको बताउनुभयो ।

सो अवसरमा चिनियाँ राजदूत चेन सोङले बाँकी सात नाका छिटै पुनः सञ्चालन हुने जानकारी दिनुभयो । 


प्रतिक्रिया