बीमा भुक्तानी तत्काल नगरे चितवनका केरा किसानले आन्दोलन गर्ने

जेष्ठ २३, २०८१

हावाहुरीका कारण केरा खेतिमा नोक्सानी बेहोरेका चितवनका किसानहरुले भुक्तानी पाउनु पर्ने बीमा रकम तत्काल उपलब्ध नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । हावाहुरीले केरा नोक्सान गरेको चितवन खैरहनी नगरपालिका–१० पिपरामा बुद्धि चौधरीले लगाएको केरा बगान आडमा किसानहरुले बुधबार पत्रकार सम्मेलन गरेर बीमा बापतको रकम नपाए चरणवद्ध आन्दोलन गर्ने जानकारी गराएका हुन् ।

जेठ १७ गतेदेखि २० गतेसम्म चितवनकमा साँझपख लगातार जसो आएको हावाहुरीले १५ करोड रुपैयाँ बराबरको केरा नोक्सान गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले बताउनुभयो । नोक्सान भएमा राहत होस भनेर केरा किसानहरुले कृषि बीमा गरेपनि गत वर्ष नोक्सान भएकोमध्ये साढे दुई करोड रुपैयाँ अझसम्म भुक्तान हुन नसकेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

उहाँले गत वर्षको रकम तत्काल भुक्तान गर्न, यो वर्ष भएको क्षति एकिन गरी कागजपत्र बुझाएको ३५ दिनभित्र बीमा रकम दिन माग गर्नुभयो । 


प्रतिक्रिया