आजबाट एक सय रुपैयाँको नयाँ नोट चल्तीमा

मंसिर ११, २०८२ | काठमाडौं

नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।

 नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहेको छ । 

साबिककै आकार र रङमा आउन लागेको सो नयाँ नोटमा दृष्टिविहीनहरुलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला राखिएको छ । नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ । 


प्रतिक्रिया