काठमाडौंमा ‘घर निर्माण फेस्ट’ हुने, २ अर्बको कारोबार गर्ने लक्ष्य
मंसिर १२, २०८२ | काठमाडौं
काठमाडौं । आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौंमा घर निर्माण फेस्ट २०८२ हुने भएको छ । घर निर्माण फाउण्डेसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा फेस्ट आयोजना गर्न लागिएको जानकारी दिएको हो । ४० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको फेस्टको यो दोस्रो संस्करण हो ।
नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाइमा पुऱ्याउने उद्देश्यसहित काठमाडौंस्थित भृकुटीमण्डपमा प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ ।
नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेकाले सो समस्याको सम्बोधन गर्न घर फेस्ट आयोजना गर्न लागिएको हो ।
प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्श मार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पुऱ्याउन सक्नेछन् । दोस्रो संस्करणको घर निर्माण फेस्टलाई हामीले साधारण मेला मात्र नभई व्यवसायमुखी, अवलोकन केन्द्रित र परिणाममुखी बनाउने तयारी आयोजकको छ ।
चार दिनसम्म हुने प्रदर्शनीमा २ सय करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । घर निर्माण सम्बन्धी यस प्रदर्शनीमा ४० हजार बढी दर्शकले निर्माण सम्बन्धी प्रत्यक्ष रूपमा अवलोकन गर्नसक्ने छन् ।
घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारिएको छ । जसलाई ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्डमा समावेश गर्ने तयारी गरिएको छ । यसअघि सन् २००७ जुलाई ४ मा अमेरिकाको टेक्सासस्थित एक कम्पनीले विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा निर्माण गरेको थियो ।
त्यस्तै दोस्रो आकर्षणका रूपमा “उल्टो घर लाई प्रदर्शनीका क्रममा राखिने छ । जसमा घरको सबै संरचना र डिजाइन उल्टो रूपमा प्रदर्शन गरिनेछ । यस्तै प्रदर्शनीका क्रममा नेपालमा त्यति धेरै प्रयोगमा नआएको ‘डोम हाउस’ को अवधारणा पनि प्रस्तुत गरिनेछ ।
यस प्रदर्शनीको क्रममा अवलोकनकर्ताहरूले प्रत्यक्ष रूपमा निःशुल्क रूपमा इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगका अनुभवी व्यक्तिहरूसँग अन्तर्क्रिया गर्न पाउनेछन् । अवलोकनकर्ताले आफ्ना घर निर्माणसम्बन्धी जिज्ञासा, निर्माण सामग्रीका छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे विशेषज्ञसँग जानकारी लिन सक्नेछन् ।
आयोजकको विज्ञप्ति
घर निर्माण फाउण्डेसनद्वारा गर्न लागिएको घर निर्माण फेस्ट २०८२ को देस्रो संस्करणबारे औपचारीक घोषणा गर्न पाउँदा हामी उत्साही भएका छौं । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रुपमा हामीले फेस्टलाई लिँदै आएका छौं । फेस्टको औपचारीक घोषणा सभामा उपस्थित हुनुहुने तपाइँहरु सबैलाई हार्दिक स्वागत गर्दछौं । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाईमा पु¥याउने उद्देश्यसहित यो फेस्ट आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना हुने जानकारी गराउँछौं ।
नेपालमा निर्माण तथा व्यवसायिक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरुले अझै पनि समान रुपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रुपमा प्रदर्शन गर्न विभिन्न चुनौती झेलिरहेका छन् । यहि कमीकमजोरीलाई सम्बोधन गर्न घर निर्माण फेस्ट २०८२ आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्श मार्फत व्यवसायिले आफ्ना उत्पादन लक्षित ग्राहक वर्गमा पु¥याउन सक्नेछन् ।
दोस्रो संस्करणको घर निर्माण फेस्टलाई हामीले साधारण मेला मात्र नभई व्यवसायमुखी, अवलोकन–केन्द्रित र परिणाममुखी बनाउने तयारी गरेका छौं । ४ दिन सम्म हुने प्रदर्शनीमा हामीले २ सय करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा राखेका छौं । घर निर्माण सम्बन्धी यस प्रदर्शनीमा ४० हजार बढी दर्शकले निर्माण सम्बन्धी प्रत्यक्ष रुपमा अवलोकन गरी जानकारी लिने हाम्रो विश्वास छ । यो एक प्रदर्शनी मात्र नभइ कुनैपनि निर्माणजन्य सामग्रीको ब्रान्डिङ, नवप्रवर्तन, गुणस्तरीय निर्माण र व्यवसायिक वृद्धिको साझा मञ्च पनि हो ।
घर निर्माण फेस्ट २०८२लाई सबैका लागि अझ रोचक, जानकारीमुलक र अविस्मरणीय बनाउन हामीले विशेष आकर्षणहरु समावेश गरेका छौँ । पहिलो आकर्षणका रुपमा, हामीले विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारेका छौं । जसलाई हामीले “गिनिज बुक अफ वल्र्ड” रेकर्डमा समावेश गर्ने तयारी गरेका छौं । यसअघि सन् २००७ जुलाई ४ मा अमेरिकाको टेक्सासस्थित एक कम्पनीले विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा निर्माण गरेको थियो । जसको लम्बाइ २.९४ मिटर (९ फिट ८ इन्च) र उचाइ तथा चौडाइ ०.९९ मिटर (३ फिट ३ इन्च) थियो । यस्तै दोस्रो आकर्षणका रुपमा “उल्टो घर” लाई प्रदर्शनीका क्रममा राखिने छ । जसमा घरको सबै संरचना र डिजाइन उल्टो रुपमा प्रदर्शन गरिनेछ । यस्तै प्रर्दशनीका क्रममा नेपालमा त्यती धेरै प्रयोगमा नआएको “डोम हाउस” को अवधारणा पनि प्रस्तुत गरिने छ । एक दिनमा तयार हुने डोम हाउस घर, होटल तथा रिसोर्टमा समेत सहज रुपमा बनाउन सकिनेछ । प्रर्दशीनमा समावेश गरिने आकर्षणले निर्माण उद्योगलाई नयाँ दृश्य, नयाँ सोच र नयाँ अनुभवसँग जोड्ने हाम्रो अपेक्षा छ भने प्रदर्शनीको अवलोकन गर्न आउनेहरुका लागि थप रोचकता प्रदान गर्नेछ ।
यस प्रदर्शनीको क्रममा अवलोकनकर्ताहरुले प्रत्यक्ष रुपमा निःशुल्क रुपमा इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगका अनुभवी व्यक्तिहरुसँग अन्तक्र्रिया गर्न पाउने छन् । अवलोकनकर्ताले आफ्ना घर निर्माणसम्बन्धी जिज्ञासा, निर्माण सामग्रीको छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे विशेषज्ञसँग जानकारी लिन सक्नेछन् ।









