रारा भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि, ११ महिनामा ३६ लाख राजस्व संकलन

जेष्ठ ३०, २०८१ | मुगु

मुगुको उत्कृष्ट पर्यटकीय गन्तब्य रारामा पछिल्लो ११ महिनामा १३ हजार २६ जना पर्यटकले रारा भ्रमण गरेका छन् ।

निकुञ्ज कार्यालयका सूचना अधिकारी तथा रेञ्जर जयहरि धितालका अनुसार गत साउन देखि जेठ अन्तिमसम्म विदेशी २ सय १० जना, सार्क मुलुकका ५३ जना र नेपाली आन्तरिक पर्यटक १२ हजार ७ सय ६३ जना गरि १३ हजार २६ जना पर्यटकले राराको भ्रमण गरेका हुन् ।

गत वर्ष रारा भ्रमण गर्ने पर्यटकको संख्या झण्डै ११ हजार रहेकोमा यो वर्ष वृद्धि भएर १३ पुगेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । सडक र हवाई यातायात सहज हुँदै जान थालेपछि रारा घुम्ने पर्यटकको संख्यामा बृद्धि भएको हो ।

कार्यालयका अनुसार गत साउन देखि जेठसम्म रारा घुम्न पुग्ने पर्यटकबाट ३६ लाख ८६ हजार ७ सय ३३ रुपैयाँ राजश्व संकलन भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

रारा घुम्न आएका पर्यटकहरु तस्विर ः राजबहादुर शाही=कान्तिपुर 


प्रतिक्रिया