विद्युत प्राधिकरणको १ सय ३२ केभी तम्घास सबस्टेसन सञ्चालनमा

फाइल फोटो  

असार ६, २०८१ | काठमाडौं

नेपाल विद्युत प्राधीकरणले अर्घाखाँचीको सन्धिखर्क देखि गुल्मीको रेसुङ्गा नगरपालिका सम्मको १ सय ३२ केभीको प्रसारण लाइन निर्माण सकिएको जनाएको छ ।

१ सय ३२ केभी तम्घास सबस्टेसन पनि निर्माण भएको छ । प्राधिकरणका अनुसार सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन र १ सय ३२ केभी तम्घास सबस्टेसन निर्माण भएपश्चात् सञ्चालनमा आएको हो ।

प्रसारण लाईन र सबस्टेसन सञ्चालनमा आएपछि गुल्मी जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुका साथै चुहावट कम हुने प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।  


प्रतिक्रिया