नेपाल–भारतबीच जनकपुर–अयोध्या रेल सञ्चालन गर्ने तयारी

श्रावण २०, २०८१ | काठमाडौं

नेपाल–भारतबीच जनकपुर–अयोध्या रेल सञ्चालनका लागि प्रक्रीया अगाडी बढाउने तयारी भएको छ ।

सातामा कम्तिमा एक पटक जनकपुर र भारतको अयोध्यासम्म रेल चलाउने तयारी गरिएको रेलवे बोर्डका सदस्य एवं रेल विभागका पूर्व प्रमुख बलराम मिश्रले बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनकपुर र भारतको राजधानी नयां दिल्लीको बीचमा अयोध्या हुंदै रेल सेवा सञ्चालन गर्ने योजना बनाएको छ ।

सोही योजना अन्तर्गत पहिलो चरणमा जनकपुर–अयोध्याबीच सेवा सुरु हुने मिश्रले बताउनुभयो । भारतका तर्फबाट पनि आन्तरिक गृहकार्य सुरु भएकाले सीमापार रेलवे सञ्जाल विस्तार हुने नेपाली अधिकारीहरुको भनाई छ ।

हाल महोत्तरीको बिजलपुरा र भारतको जयनगर रेलमार्ग सञ्चालनमा छ । नेपाल–भारत रेलमार्गलाई न्यारोगेजबाट ब्रोडगेज लाइनमा स्तरोन्नति गरेपछि सन् २०२२ अप्रिलदेखि सो रेलमार्ग सञ्चालनमा आएको हो । 


प्रतिक्रिया