२ सय २० केभी क्षमताको चिलिमे त्रिशुली प्रसारण लाईन विस्तार अन्तिम चरणमा

भाद्र २३, २०८१ | काठमाडौं

नेपाल विद्युत प्राधिकरणले रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत  केन्द्रीय प्रसारण लाइनमा जोडिने चिलिमे त्रिशुली २ सय २० केभी प्रसारण लाईनको निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

 त्रिशूली नदी र त्यसका सहायक खोलास्थित जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोडिने विद्युत लाइनको अन्तिम चरणमा पुगेको हो ।

 प्राधिकरणका अनुसार रसुवाको थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका अन्तिम चरणका काम भइरहेका हुन् ।

 भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा निर्माणाधीन प्रसारण लाइन निरन्तरको प्रयासपछि सम्पन्न हुने अवस्था पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ । 


प्रतिक्रिया