विश्वकप क्रिकेट लिग-२ : नेपाल क्यानडासँग पराजित

आश्विन १, २०८१ | काठमाडौं

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग्स सिटीस्थित मैदानमा भएको खेलमा नेपाल १ सय ३ रनले पराजित भएको हो । 

वान डे क्रिकेटमा नेपाल क्यानडाको हातबाट पराजित भएको यो पहिलो पटक हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो ।

क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन मात्रै बनाउन सक्यो । नेपालका लागि कुनै पनि ब्याटरले गतिलो योगदान दिन सकेनन् । 

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको क्यानडाले ८ विकेटको क्षतिमा २ सय ५३ रन बनाएको थियो । कप्तान निकोलस क्रितनले आक्रमक ब्याटिङ गर्दै ४४ बलमा अविजित ७३ रनको योगदान गरे । 

नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले दुई÷दुई विकेट लिए । लिग–टूमा नेपालको यो पाँच खेलमा चौंथो हार हो । नेपालले दुई अंक मात्रै बटुल्न सकेको छ । 

क्यानाडाले भने प्रतियोगितमा लगातार चार हारको क्रमलाई रोक्दै नौ खेलमा पाँचौँ जित निकालेको छ । क्यानडा १० अंक सहित लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । नेपालले अब भोलि ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया