सिर्सिया सुक्खा बन्दरगाहमा कुहिएका वस्तु व्यवस्थापन गर्न ५५ लाख रुपैयाँ खर्च हुने

भाद्र ३०, २०८१

पर्साको सिर्सिया सुक्खा बन्दरगाहमा थन्किएर कुहिएको मालवस्तु व्यवस्थापनमा मात्रै ५५ लाख रुपैयाँ खर्च हुने भएको छ ।

बन्दरगाहस्थित भन्सार कार्यलयले ३ सय ४ वटा कन्टेनरका सामाग्री लिलामी गर्न खोजेपनि २ सय १७ कन्टेनरका कुहिएका वस्तु लिलाम नभएपछि ती वस्तुलाई व्यवस्थापन गर्नुपर्ने भएको भन्सार अधिकृत धनबहादुर बरुवालले बताउनुभयो ।

२ सय १७ कन्टेनरमा कम्तीमा २ टनको दरले ४३ लाख ४० हजार किलो वस्तु छन् । वीरगन्ज महानगरपालिकासँगको सहमतिपछि महानगरले प्रतिकिलो १ रुपैयाँ २५ पैसाका दरले कुहिएका वस्तु ल्यान्डफिल साइटमा लैजाने भएको छ ।  


प्रतिक्रिया