लुम्बिनी प्रदेश सभाको चौंथो अधिवेशनमा ६ विधेयक पारित

आश्विन १, २०८१ | बुटवल

लुम्बिनी प्रदेश सभाको चालू चौंथो अधिवेशन सोमबार राति १२ बजेपछि अन्त्य भएको छ । लुम्बिनी प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गर्नु भएको हो । 

प्रदेश प्रमुख कार्यालयकी प्रवक्ता धर्मा अर्याल बेल्बासेद्वारा जारी विज्ञप्तिमा सोमबार रातिदेखि अधिवेशन अन्त्य भएको उल्लेख छ । लुम्बिनी प्रदेश सभाको चौंथो (वर्षे) अधिवेशन ३५ वटा बैठक बसेर अन्त्य भएको छ । 

चौंथो अधिवेशनबाट २ सालबसाली, १ संशोधन र ३ मुल विधेयक गरी ६ विधेयक पारित भएका छन् । स्थानीय निजामती सेवा विधेयक, विपद व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१/०८२ को वजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको छ । 

लुम्बिनी प्रदेश सभाको चौंथो अधिवेशन २०८० चैत २२ गतेबाट सुरु भएको थियो ।


प्रतिक्रिया