जनकपुर व्यापार संघको मतगणना थालियो

भाद्र ३०, २०८१ | जनकपुर
जनकपुर उद्योग, वाणिज्य संघको नयाँ नेतृत्वका लागि शनिबार अवेरसम्म मतदान भएको छ । मतगणना आइतबार विहानदेखि सुरु भएको छ । शनिबार अबेर साँझसम्म भएको मतदानमा ३ हजार ५ सय ७० मत खसेको थियो ।
जनकपुर उद्योग, वाणिज्य संघका ४ हजार ६५ मतदाता छन् । संघको अध्यक्ष पदमा मनिष रमण, सुरेन्द्र भण्डारी र जितेन्द्र प्रसाद साहले उम्मेदवारी दिएका छन् ।
प्रारम्भिक मत परिणाम अनुसार रमण र भण्डारीविच प्रतिस्पर्धा देखिएको छ । संघका निर्वाचन समितिका संयोजक ललित साहले आइतबार साँझसम्म सबै पदको मत परिणाम आइसक्ने जानकारी दिनुभयो ।
उहाँले उम्मेदवारबीच सम्झदारी, खसेको मतको रुजु र मतगणनाका अन्य बन्दोबस्त मिलाउन समय लागेकाले आइतबार विहानदेखि मतगणना थालिएको बताउनुभयो ।