चेक अनादर मुद्दाः दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने

भाद्र २३, २०८१

चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्न संसदीय समितिभित्र सहमति जुटेको छ । प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयकमाथि दफावार छलफलका क्रममा चेक अनादर मुद्धामा हुने जरिवाना र सजायबारे सर्वसम्मत सहमति जुटेको हो । 

बैठकमा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले समितिमा विधेयकका विषयमा भएको दफावार छलफलबाट आउने निष्कर्षलाई सरकारले स्वीकार गर्ने बताउनुभयो । चेक अनादरको प्रवृत्ति बढ्दै गएको र यसलाई नियन्त्रण र निरुत्साहित गर्न जरुरी रहेको पौडेलको भनाई थियो । 


प्रतिक्रिया