साल्ट ट्रेडिङको १ हजार २ सय २५ टन डिएपी मल नष्ट

आश्विन ४, २०८१ | पर्सा

पर्सास्थित सिर्सिया सुक्खा बन्दरगाहमा राखिएको १ हजार २ सय २५ टन डिएपी मल प्रयोगमा आउन नसक्दा कुहिएर नष्ट भएको छ ।

 ४ वर्ष अघि स्विस सिंगापुर ओभरसिज सप्लायरले खरिद गरेर ल्याएको साल्ट ट्रेडिङको सो मल नष्ट भएको हो ।

आयातकर्ताले भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल ल्याउने समयमा सो मल बोकेको पानी जाहाज सामुन्द्री मार्गमै रहँदा सन्् २०२० को अगष्टको दोश्रो साता बंगालको खाडीमा आएको ‘अफान’ नामक समुन्द्रीक आँधिमा फसेको थियो ।

आँधिबाट जाहाजमा लोड गरिएको मल भिजेपछि सुक्खा बन्दरगाह भन्सार कार्यालयले जाँचपास समेत गर्न नमानेको सो मल प्रयोग गर्न नमिल्ने गरि कुहिएर नष्ट भएको हो । 

सम्बन्धित निकायले मल लैजान चासो नदेखाउँदा अहिले प्रयोग गर्न नमिल्ने गरि कुहिएको बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले बताउनुभयो ।   


प्रतिक्रिया