मुख्य नाकाबाट चाडपर्वमा पनि भित्रिएनन् नयाँ सवारी साधन
आश्विन ७, २०८१
दशैं, तिहार जस्ता चाड पर्व नजिकिदै गर्दा पनि यस बर्ष वीरगन्जका दुबै भन्सारका यार्डमा बिगतका बर्षहरुको जस्तो नयाँ सवारी साधनको भिड देखिएको छैन । सबैभन्दा बढी नयाँ सवारी साधन आयात हुने नाका वीरगन्ज भन्सार नाकामा जीप, कार, भ्यान तथा बस ट्रकका चेसिसहरु अत्यन्त कम रहेको हाम्रा सहकर्मी शंकर आचार्यले जनाएका छन् ।
वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकी परिसरमा ३ सय ३५ वटा मात्र नयाँ जीप, कार, भ्यान तथा अन्य सवारी छन् । ती सवारी भारत तथा तेश्रो मुलुकबाट भित्रिएका हुन् । सञ्चालककम्पनी ट्रान्स हिमालय लजिपार्कका प्रशासन प्रमुख गणेश घिमिरले आफ्नो २ दशक लामो अनुभवमा चाडपर्वको मुखमा यस्तो मन्दी नदेखेको बताउनुभयो ।