सुनको मूल्यमा पाँच सय रुपैयाँले गिरावट

आश्विन १५, २०८१ | काठमाडौं

बजारमा सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

सुन आज प्रतितोला ५ सय रुपैयाँले घटेको हो । अघिल्लो कारोबारको दिन सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैबीच आज सुनसँगै चाँदीको मुल्यपनि सामान्य रुपैयाँले घटेको छ । 

चाँदी आज प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको छ भने हिजो १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया