टाटाले ल्यायो 'फ्लड फिक्स रिस्टोरेसन सर्भिस' क्याम्प

आश्विन १४, २०८१ | काठमाडौं

टाटा मोटर्सले बाढी पहिरो प्रभावित आफ्ना ग्राहकका लागि आपतकालीन सर्भिस सुविधा दिने भएको छ । देशव्यापी आइपरेको बाढी, पहिरो तथा डुबानबाट क्षति पुगेका टाटाका गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि कम्पनीले आपतकालीन सर्भिस सुविधाको व्यवस्था गरेको हो ।

यस अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यो सुविधा लिन सकिने कम्पनीले जनाएको छ । टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लगि गाडीलाई पूर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने पनि कम्पनीले जनाएको छ । 

यस दुःखद घडीमा ग्राहकवर्गलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि आपतकालीन सर्भिस सुविधा प्रदान गर्न लागिएको कम्पनीका सर्भिस विभागका महाप्रबन्धक कुमार भण्डारीले जानकारी दिनुभयो । 

कम्पनीका अनुसार यस सेवाका लागि हटलाइन टोल फ्रि नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।

नजिकिएको चाडपर्वको अवसरमा टाटाका ग्राहकलाई बाढीले पुर्‍याएको असुविधालाई ध्यानमा राखेर आपलकालीन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीका सर्भिस विभागका महाप्रबन्धक भण्डारीले जानकारी दिनुभयो । 


प्रतिक्रिया