विश्व बैंकले बाढीपहिरोपीडितको राहतका लागि २० अर्ब ऋण दिने

आश्विन २३, २०८१ | काठमाडौं

हालैको बाढीपहिरो पीडितका लागि विश्व बैंकले नेपाल सरकारलाई करिब २० अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।

विश्व बैंकको सञ्चालक समितिले सो ऋण स्वीकृति गर्नेे निर्णय गरेको हो । बाढी पहिरोले पुर्याएको क्षतिको पुनर्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्काल ठूलो रकम चाहिने भएकाले उल्लेखित रकम ऋण सहयोग प्रदान गर्ने निर्णय भएको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बाढी पहिरोलगायत प्राकृतिक प्रकोप, अन्तराष्ट्रिय समुदायको गतिविधिको कारणले मौसममा आएको प्रभाव, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा आउने विपत्तिको सामाना गर्न विश्व बैंकले यस्तो ऋण दिँदै आएको छ । विश्व बैंकले स्वीकृत गरेको सो ऋण नेपालले आफूले चाहेको समयमा लिन सक्नेछ । 


प्रतिक्रिया