नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महङ्गो

कार्तिक २, २०८१ | काठमाडौं

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महङ्गो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ ।

हिजोको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । हिजो प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा सुन किनबेच भएको थियो । त्यस्तै चाँदीको मूल्यमा आज ३० रुपैयाँले वृद्धि भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ पुगेको छ । हिजो भने चाँदीको मूल्य १ हजार ९ सय ५० रुपैंयामा कारोबार भएको थियो ।


प्रतिक्रिया