बाघको आक्रमणमाबाट पूर्वी नवलपरासीमा एक जनाको मृत्यु

कार्तिक २, २०८१ | नवलपुर
पूर्वी नवलपरासीमा बाघको आक्रमणमा परेर एक पुरुषको मृत्यु भएको छ ।
बिनयी त्रिवेणी गाउँपालिका १ का ६३ वर्षीय जीव बहादुर थिङको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
तिनचुली मध्यवर्ती सामुदायिक बनमा घाँस काट्न जाँदा थिङलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी जेसी शाहले बताउनुभयो ।
गाउँलेसंगै घाँस काट्न गएका थिङको घटनास्थलमा नै मृत्यु भएको हो । यो क्षेत्रमा अघिल्लो वर्षपनि बाघको आक्रमण बाट तीन जना स्थानीयको मृत्यु भएको थियो ।