११ वाणिज्य बैंकले घटाए कात्तिकका लागि निक्षेपको ब्याजदर

आश्विन ३०, २०८१ | काठमाडौं

वाणिज्य बैंकहरुमध्ये ११ वटाले कात्तिकमा निक्षेपको ब्याजदर सामान्य घटाएका छन् ।

बैंकहरुले आज प्रकाशन गरेको कात्तिक महिनाको ब्याजदर सूचीअनुसार २० वटा वाणिज्य बैंक मध्ये आठ वटाले स्थिर नै राखेका छन् भने एउटा बैंकले सामान्य बढाएको छ । तर, औसतमा असोजको तुलनाका कात्तिकमा निक्षेपको ब्याजदर घटेको हो ।

असोजको तुलनामा कात्तिक महिनामा वाणिज्य बैंकहरूमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ० दशमलव २ दशमलव ४५ प्रतिशत विन्दुले घटेको हो ।

यही असोजमा एक वर्षे व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर औसत ६ दशमलव ३ सय ९६ प्रतिशत रहेको छ । कात्तिकका लागि यो ब्याजदर घटेर औसत ६ दशमलव १ सय ५१ प्रतिशतमा कायम हुने भएको छ ।  


प्रतिक्रिया