असोजमा तीन अर्ब ४५ करोड बढीको विदेशी लगानी प्रतिबद्धता
कार्तिक १६, २०८१ | काठमाडौं
चालु आर्थिक वर्षको असोजमा तीन अर्ब ४५ करोड ६३ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।
स्वचालित प्रणालीबाट २१ वटा उद्योगमा गरी १५ करोड १० लाख रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
त्यस्तै असोजमा म्यानुअल प्रणालीबाट ३४ वटा उद्योगमा ३ अर्ब ३० करोड ५३ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।
असोजमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी ६४ प्रतिशत, सेवा क्षेत्रमा २४ प्रतिशत, उत्पादन क्षेत्रमा ७ प्रतिशत, कृषिमा ४ प्रतिशत र सूचना तथा प्रविधि क्षेत्रमा १ प्रतिशत लगानी प्रतिबद्धता आएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ ।