थाई एयर एशियाको बैंकक–भैरहवा सिधा उडान सुरु

कार्तिक १८, २०८१ | काठमाडौं

थाई एयर एशियाले आजदेखि भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको छ । सो एअरलाइन्सले सातामा २ दिन बैंकक–भैरहवा सिधा उडान गर्ने अनुमति पाएको हो । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइ एयर एशियाले सातामा ४ दिन काठमाडौं र २ दिन भैरहवाबाट उडान गर्नेछ । निमार्ण सम्पन्न भएको लामो समयसम्म पनि अन्तर्राष्ट्रय विमान उडान र अवतरण हुन नसकेपछि आलोचना हुँदै आएको थियो । 

अनुमति नलिई जहाज नेपाली आकाश प्रवेश गराएको विषयमा थाई एयर एशियाको नेपाली एजेन्ट कम्पनी युनिर्भसल टुर्स एण्ड ट्राभल्स कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माफी मागेपछि उडानका लागि बाटो खुलेको हो । व्यावसायिक उडानको अनुमति सकिएको अवस्थामा १ सय ७६ यात्रु जहाजमा राखेर गत आइतबार थाई एयर एशियाको एयरबस काठमाडौं आइपुगेको थियो ।  


प्रतिक्रिया