सामसङको नवीनतम टिभीहरूमा ३१ प्रतिशतसम्म आकर्षक छुट
मंसिर २१, २०८१
सामसङ नेपालले आफ्नो नवीनतम टिभीहरूमा ३१ प्रतिशत सम्मको आकर्षक छुट अफर ल्याएको छ । अफरमा क्यु.एल.ई.डी. टिभी, क्रिस्टल यु.एच.डी. फोर.के. टिभीहरू र एफ.एच.डी. टिभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको छ । ग्राहकहरूलाई १२ महिनाको अवधिमा शून्य प्रतिशत ब्याज दरमा आफ्नो मनपर्ने टिभीहरू सजिलो ई.एम.आई.मा प्राप्त गर्नसामसङको इन्स्टा–फाइनान्स सेवा समावेश छ ।
सेवाग्राहीहरूले आफ्नो नागरिकताबाटै सामसङको आधिकारिक स्टोरबाटसो सेवा प्राप्त गर्न सक्छन् । एक्सचेन्ज पार्टनर आर्कोस्टोर द्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ ।
पुष, १६ गतेसम्म रहने सो अफर सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।