कोशी प्रदेशको कृषि क्षेत्रमा ९५ अर्ब बढी लगानी रहेको राष्ट्र बैंकको दाबी
माघ ६, २०८१ | काठमाडौं
नेपाल राष्ट्र बैंकले कोशी प्रदेशका जिल्लाहरुमा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा ९५ अर्ब रुपैयाँ बढी लगानी भएको जनाएको छ ।
बैंकले जारी गरेको प्रदेशको आर्थिक तथा वित्तीय अवस्था संक्षिप्त विवरणमा आर्थिक वर्ष २०८०÷ ८१ मा कृषि क्षेत्रमा ९५ अर्ब २५ करोड ५५ लाख रुपैयाँ बराबरको लगानी भएको हो । वित्तिय संस्थाहरुले सबैभन्दा बढी कृषि क्षेत्रमा लगानी गरेको पाइएको छ ।
उर्जा क्षेत्रमा ३१ करोड रुपैयाँ बराबर, साना तथा मझौला उद्योगमा ६८ अर्ब २२ करोड रुपैयाँ र पर्यटन क्षेत्रमा १० अर्ब ३९ करोड रुपैयाँ बराबरको लगानी विस्तार भएको उल्लेख गरिएको छ ।
बैंकका अनुसार कोशी प्रदेशमा १ हजार ८ सय ३७ वटा वित्तीय संस्थाको शाखा सञ्चालन भईरहेको छ भने ३४ लाख १४ हजार बढी मोबाईल बैकिङ प्रयोगकर्ता छन् । त्यस्तै कोशी प्रदेशमा गत वर्षको तुलनामा आर्थिक वर्ष ८०÷८१ मा धान , कोदो उत्पादन बढेको छ भने मकै, गहुँ, जौ, र फापरको उत्पादनमा कमी आएको छ ।