पुसमा ५ दशमलव ४१ प्रतिशत मुल्यवृद्धि भएको राष्ट्र बैङ्कको प्रतिवेदन

माघ २०, २०८१ | काठमाडौं
नेपाल राष्ट्र बैङ्कले पुस महिनामा ५ दशमलव ४१ प्रतिशत बजार मुल्यवृद्धि भएको जनाएको छ । राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको छ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार बजार मूल्य उकालो लागेको हो । गत वर्षको सोही समयमा बजार भाउ ५ दशमलव २६ प्रतिशत रहेको थियो ।
गत पुसमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७ दशमलव ६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ४ दशमलव १९ प्रतिशत पुगेको छ । गत वर्ष सोही अवधिमा खाद्य तथा पेय पदार्थ ५ दशमलव ७५ र गैर खाद्य तर्फ ४ दशमलव ९३ प्रतिशत रहेको तथ्याङ्क छ ।
सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारीको २८ दशमलव ५२, घ्यू तथा तेलको १० दशमलव ६७, दाल तथा गेडागुडीको ९ दशमलव ४८ र खाद्य तथा खाद्यजन्य पदार्थको ७ दशमलव २३ प्रतिशतले बढेको छ । त्यस्तै मरमसलाको उपभोक्ता मूल्य ३ दशमलव १२ प्रतिशतले घटेको छ ।