ग्यालेक्सी एस-२५ सिरिजको प्रि-अर्डरमा नयाँ रेकर्ड

फाल्गुन ४, २०८१ | काठमाडौं
सामसङ नेपालले ग्यालेक्सी एस–२५ सिरिजको प्रि–अर्डरमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेको छ । ग्यालेक्सी एस–२४ सिरिजको तुलनामा यस पटकको प्रि–अर्डर ६० प्रतिशतले बढी भएको छ । अब यी स्मार्टफोन नेपाली बजारमा खरिदका लागि उपलब्ध छन् ।
सामसङ र गुगल एपबीच सहज अन्तरक्रिया गर्न झन् सरल बनाउन वन यूआई–७ को साथमा जेमिनी अब ४६ भाषामा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सामसङले ग्यालेक्सी एस–२५ सिरिजका सबै स्मार्टफोनहरुमा ६ महिनासम्म जेमिनी एडभान्स्ड सेवा र २ टीबी क्लाउड स्टोरेज निःशुल्क प्रदान गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जेमिनी एडभान्स्डमा सामसङको सबैभन्दा शक्तिशाली एआई मोडेल उपलब्ध छन्, जसले प्रयोगकर्तालाई नयाँ जेम्स (कस्टम एआई एक्सपर्ट) तथा डिप रिशर्च (एआई रिशर्च असिस्टेन्ट) जस्ता विशेष सुविधा दिने कम्पनीको दाबी छ ।
शुक्रबारदेखि ग्यालेक्सी एस–२५ सिरिज सबै सामसङ आधिकारिक स्टोरहरुमा उपलब्ध भएको छ । ग्यालेक्सी एस–२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रङ्गमा उपलब्ध छ ।
ग्यालेक्सी एस–२५ प्लस र ग्यालेक्सी एस–२५ नेभी, सिल्भर श्याडो, र आइसिब्लु रङ्गमा उपलब्ध हुनेछन् । फेब्रुअरी १४ देखि, ग्यालेक्सी एस–२५ सिरिज नेपालभरिका सबै सामसङ अधिकृत स्टोरहरुमा उपलब्ध हुनेछ ।
ग्यालेक्सी एस–२५ अल्ट्रा टाइटेनियम सिल्भरब्लु, टाइटेनियम ब्ल्याक, र टाइटेनियम ह्वाइटसिल्भर रङ्गमा उपलब्ध छ । ग्यालेक्सी एस–२५ र ग्यालेक्सी एस–२५ प्लस नेभी, सिल्भर श्याडो, र आइसिब्लु रङ्गमा उपलब्ध छन् ।
अतिरिक्त रुपमा, सामसङ इन्स्टा फाइनान्स सेवा, जुन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित छ । यस मार्फत ग्राहकले नवीनतम उपकरण सजिलै ईएमआई विकल्पसहित प्राप्त गर्न सक्छन्, जसको शुरुवात ५२५० रुपैयाँ महिनामा शून्य प्रतिशत ब्याजदरमा हुन्छ । यो प्रक्रिया झन्झट रहित छ र सुरु गर्न केवल तपाईँको नागरिकताको आवश्यकता पर्दछ ।
साथै, सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको लागि १–टाइम ब्रेकज इन्स्योरेन्स पनि प्रदान गरिरहेको छ । त्यस्तै, ग्यालेक्सी एस–२५ सिरिजमा अपग्रेड गर्न चाहने ग्राहकहरुले आफ्नो पुराना फोन ‘सबकोफोन’ र ‘आर्को स्टोर’ मार्फत एक्सचेन्ज गर्न सक्नेछन् ।