प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

असार ३, २०८२
सुनचाँदी व्यवसायसँग सम्बन्धित संघ संस्थाका नेतृत्वले सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति पुःन विचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका हुन् ।
टोलीले सो करको व्यवस्था लागु गर्दा आफूहरुको व्यवसाय धरासयी हुने भएकाले पुनः विचार गर्न माग गरेको हो । ती संस्थाहरुले कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले सो व्यवस्था कायम रहेमा आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।