केही दिनमै विद्यालय शिक्षा विधेयक संसदमा पेश गर्ने समितिको तयारी

श्रावण १४, २०८२
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले केही दिनमै विद्यालय शिक्षा विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ । समिति सभापति अम्मरबहादुर थापाले सरोकारवाला सबै पक्षको माग अनुसार ड्राफ्ट बनिसकेकाले छिट्टै नै पेश गर्ने तयारी भएको बताउनुभयो ।
यता नेपाल शिक्षक महासंघले भने आफूहरुसँग भएको २७ बुँदे माग विधेयकमा नसमेटिए फेरि आन्दोलन गर्ने बताएको छ । महासंघले साउन २१ गते भित्र विधेयक अघि नबढे आन्दोलनमा उत्रिने यसअघि नै चेतावनी दिइसकेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकार र आफूहरुबीच भएको सहमति कार्यान्वयन हुनुपर्ने बताउनुभयो । समिति सभापति थापाले भने सरकारसँग भएको सहमतिअनुसार अघि बढ्ने बताउनुभयो ।