नेपाली कांग्रेसको बागमती प्रदेशसभामा संसदीय दलको नेतामा बानियाँ निर्वाचित

श्रावण १४, २०८२

नेपाली कांग्रेसको बागमती प्रदेशसभामा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँ दलको नेता बन्नुभएको हो । आज भएको निर्वाचनमा बानियाँले २२ मत प्राप्त गर्नुभयो भने लामाको पक्षमा १४ मत परेको निर्वाचन समितिले जनाएको छ । १ मत बदर भएको छ ।

बागमतीमा कांग्रेसका ३७ सांसद छन् । बानियाँ कांग्रेस बागमती प्रदेश सभापति समेत हुनुहुन्छ । लामाविरुद्ध बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएपछि संसदीय दलको नेता चयन गर्न निर्वाचन गरिएको हो । लामाविरुद्ध अविश्वासको प्रस्तावमा गत मंगलबार भएको मतविभाजनमा २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । लामाको पक्षमा १५ सांसद उभिएका थिए । लामाले २०७९ पुस १३ मा भएको प्रदेश संसदीय दलको नेता चयन निर्वाचनमा भने बानियाँलाई पराजित गर्नुभएको थियो । कंग्रेसभित्रको आन्तरिक किचलोका कारण बागमति प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने भएको छ । 


प्रतिक्रिया