नेपालको अर्थतन्त्रको आकार ४ खर्बले वृद्धि भएको सरकारको दाबी

असार २६, २०८२ | काठमाडौं

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले वृद्धि भएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढेको हो । गत वर्ष अर्थतन्त्रको आकार ५७ खर्ब रुपैयाँको थियो । चालु वर्ष ६१ खर्ब रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ । 

राजस्व संकलनमा समेत वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा १ खर्ब ८ अर्ब रुपैयाँले बढी राजस्व उठेको अर्थ मन्त्रालयको तथ्यांक छ । गत वर्ष ९ खर्ब ८९ अर्ब रुपैयाँ राजस्व उठाएको सरकारले चालु आर्थिक वर्ष १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व उठाएको जनाएको छ ।  


प्रतिक्रिया