एक सय बाहेकका भारु नबोक्न नेपालीलाई राष्ट्र बैंकको आग्रह

भाद्र १०, २०८२ | काठमाडौं

राष्ट्र बैंकले १ सयबाहेक अरु दरका भारतीय नोट साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ ।

हाल नेपालमा एक सयभन्दा अरु दरका भारतीय मुद्रा कारोबार गर्न बन्देज छ । यद्यपि केही नेपालीले भारु २ सय, ५ सय र २ हजार दरका नोट साथमा लिएर हिँडेको र ओसारपसार गरेको भेटिएपछि पुनः जानकारीका लागि भन्दै राष्ट्र बैंकले सर्वसाधारणलाई सो निर्देशन दिएको हो ।

बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको स्मरण समेत गराएको छ ।  


प्रतिक्रिया