काठमाडौंमा आज पनि उखु किसानद्वारा प्रदर्शन

भाद्र १०, २०८२ | काठमाडौं
आफूले उत्पादन गरेको उखु बिक्रीबापत पाउनुपर्ने अनुदान रकम सरकारले घटाएर ५० प्रतिशत मात्र दिएको भन्दै काठमाडौं केन्द्रीत आन्दोलन थालेका उखु किसानले आज पनि प्रदर्शन गरेका छन् ।
चार दिनको आन्दोलन गर्ने तयारीसाथ १३ जिल्लाबाट करिब ६ सय उखु किसान काठमाडौं आएका छन् ।
उखु किसानले गौशालादेखि माइतीघरसम्म प्रदर्शन गरी माइतीघर मण्डलमा धर्ना दिइरहेका हुन् । यसैबीच, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।