आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

असार २७, २०८२

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बैंकले आज सञ्चालक समितिको बोर्ड बैठक बोलाएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी पूरा गरी आजको बैठकबाट स्वीकृत गरेपछि सार्वजनिक गर्ने तयारी भएको बताइएको छ । 

गभर्नर विश्वनाथ पौडेलले कर्जाको माग बढ्ने तथा अर्थतन्त्र चलायमान हुने गरी मौद्रिक नीति तयार पारेको स्रोत भनाइ छ । आगामी आर्थिक वर्षको बजेट मार्फत नै घोषणा भएका कर्जाको पुनर्तालिकीकरण, खराब कर्जा व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी तथा डिजिटल बैंकको स्थापनको विषयमा मौद्रिक नीतिले सम्बोधन गर्ने राष्ट्रबैंकको तयारी छ । 

हिजो साँझ बसेको बोर्ड बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पारिरत गरिसकेको छ । उदारवादी अर्थशास्त्रीका रुपमा चिनिएका गभर्नर पौडेलले मौद्रिक नीतिमार्फत् उदार मौद्रिक नीति ल्याउने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया