३७ प्रतिशतले घट्यो विद्युत प्राधिकरणको नाफा

भाद्र १, २०८२ | काठमाडौं

नेपाल विद्युत प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा नाफा घटेको बताएको छ ।

 प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कर अघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा झरेको जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा भएको नाफाको तुलनामा यो ३७ दशमलव ३२ प्रतिशतले कम हो ।

 आर्थिक वर्ष २०८०÷८१ मा प्राधिकरणको कर अघिको नाफा १३ अर्ब ३० करोड रुपैयाँ थियो । प्राधिकरणले निर्यातसहित विद्युत् बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । कार्यकारी निर्देशक शाक्यका अनुसार प्राधिकरणको कुल सम्पत्ति ६ दशमलव २ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । 

यसैबीच, अहिले निजी क्षेत्रबाट सञ्चालित २ सय ४ आयोजना मार्फत २ हजार ९ सय २९ मेगावाट विद्युत् उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, ४ हजार २ सय ३ मेगावाट क्षमताका १ सय ४८ आयोजना निर्माणका क्रममा रहेको जनाएको छ ।   


प्रतिक्रिया