नेपालमा अब लोडसेडिङ हुने सम्भावना छैनः उर्जामन्त्री खड्का

श्रावण २८, २०८२ | काठमाडौं
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपालमा अब लोडसेडिङ हुने कुनै सम्भावना नभएको दावी गर्नुभएको छ ।
पछिल्ला महिनामा कतिपय क्षेत्रमा अघोषित लोडसेडिङ भएको भन्दै आलोचना खेपिरहेका मन्त्री खड्काले केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको बताउनुभएको हो ।
विद्युत् विस्तार र आपूर्तिमा थप सुधारका लागि कामलाई तीव्रता दिइएको मन्त्री खड्काको भनाइ थियो । विद्युत निर्यातबाट झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा प्राप्त गरेको उहाँले उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले मन्त्री खड्कालाई विद्युत सेवा लगायत विषयमा प्रश्न राखेका थिए ।