शेयर बजारमा सुधार गर्ने सरकारको तयरी

आश्विन ३, २०८२ | काठमाडौं

सरकारले लगानीकर्ताको मनोबल बढाउन शेयर बजारमा सुधारको पहल शुरु गरेको छ । 

पुँजीबजार सुधारका लागि अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको हो ।

 कार्यदलका सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कायम मुकायम कार्यकारी निर्देशक निरञ्जन फुँयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला हुनुहुन्छ ।

 सो कार्यदललाई पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि आवश्यक सुझाव र कार्ययोजना पेस गर्ने जिम्मेवारी दिइएको छ । कार्यदललाई ५ दिनभित्र कार्ययोजना पेस भनिएको अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।  


प्रतिक्रिया