कोरला नाकाबाट ३८ दिनमा भित्रिय १ हजार १ सय ९४ वद्युतीय गाडी

आश्विन २९, २०८२ | काठमाडौं

मुस्ताङको कोरला नाका सञ्चालनमा आएको ३८ दिनमा १ हजार १ सय ९४ वटा विद्युतीय गाडी भित्रिएका छन् । 

त्यस्तै लत्ताकपडा, जुत्ता चप्पल पनि यही नाका भएर भित्रिरहेको छ । रसुवागढी नाका भने असार २४ देखि ठप्प छ । त्यताबाट आउने सामान पनि अहिले कोरला नाका हुंदै भित्रिरहेको छ । सिन्धुपाल्चोकको तातोपानी नाका पनि अरनिको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरो गएर लामो समय बन्द रह्यो । 

गत असोज ८ बाट पहिरो पन्छाएपछि नाका सञ्चालनमा आएको थियो । यो नाका पनि लामो समय बन्द भएकाले दसैंका सामान कोरला नाका हुँदै नेपाल भित्राइयो । कोरला नाका सञ्चालनमा आएपछि राजस्व २ अर्ब २४ करोड ३ लाख रुपैयाँ संकलन भएको छ । यो नाका गत भदौ २१ देखि सञ्चालनमा आएको हो ।


प्रतिक्रिया