एनपीएलको तयारी पूरा, विजेताले १ करोड १० लाख पाउने
कार्तिक २९, २०८२ | काठमाडौं
पर्सी सोमबारबाट शुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिगका लागि सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताबाट नेपाल क्रिकेट संघ क्यानले आज पत्रकार सम्मेलन गर्र्दै सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । यसपटकको संस्करणमा ३५ देखि ४० करोड रुपैयाँ उठ्ने अनुमान गरिएको क्यानले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
प्रयोजकबाट १५ करोड ३० लाख, सहभागी टिमहरुबाट ९ करोड, ओटीटीबाट पाँच करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोड रुपैयाँसम्म संकलन हुने क्यानले अनुमान गरेको हो । प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउने छ ।
क्यानका सचिव पारस खड्काले नेपालमा पहिलोपटक क्रिकेट इतिहासमा दिवाकालिन र रात्रीकालीन समयमा खेल हुन लागेको जानकारी दिए । एनपीएल आयोजना हुने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्ल्डलाईट जडान सम्पन्न भएसँगै रत्रीकालीन समयमा समेत खेल हुने निश्चित भएको हो ।यसवर्ष देखि शुल्क तिरेर खेल हेर्नुपर्ने व्यवस्था मिलाइएको क्यानले जनाएको छ ।
क्रिकेट संरचनाको थप विकासका लागि यो कदम महत्व्पूर्ण हुने क्रिकेट संघेले विश्वास लिएको छ । यसअघि सार्वजनिक खेल तालिका अनुसार २३ वटा खेलहरु फ्ल्डलाइटमा खेलिने छ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडु गोर्खाज र जनकपुर बोल्डस्बीच प्रतिस्पर्धा हुनेछ ।








