नेप्से परिसूचकमा ७८ अङ्कले घट्यो

आश्विन २६, २०८२ | काठमाडौं
शेयर बजारमा आज नेप्से परिसूचक ७८ दशमलव ८३ अंकले घटेर २ हजार ५ सय ३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ ।
आज ३ सय २४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार ६ सय ८२ कित्ता शेयर ६७ हजार २ सय २ पटक खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २ सय ६६ रुपैंया बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा २ सय ४२ कम्पनीको शेयर मूल्य घट्दा नौवटाको मात्रै बढेको हो ।
आज सबै समूहको उपसूचक घटेको छ ।