स्पीड स्केट च्याम्पेनसीप सम्पन्न

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २९, २०८२ | ललितपुर

एक दिवसिय ग्लाइड फेस्ड स्केट स्पीड च्याम्पेनसीप २०२५ अन्तर्गत जुनियर तथा सिनियर विधाका खेल शनिबार ललितपुरको यूएन पार्कमा सम्पन्न भएको छ ।

सो खेल नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एशोसिएशन र ग्लाइड सिटीको संयुक्त आयोजनामा भएको हो ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एशोसिएशनका महासचिव सत्य थापाका अनुसार खुला च्याम्पेनसीप अन्तर्गत भएका दुईवटै विधाका खेलमा ५०, ५० जना खेलाडी सहभागी थिए ।

सो प्रतियोगितामा खेलाडीले जुनियरतर्फ १५० मिटर र सिनियरतर्फ २५० मिटरको छ फिट ट्याकमा प्रतिस्पर्धा गरेका थिए ।

जसमा जुनियरतर्फ सुवास श्रेष्ठ प्रथम, एन्जे शेर्पा दोस्रो र सुवर्ण अधिकारी तेस्रो भए भने सिनियरतर्फ रामु थारु प्रथम, विपिन मगर दोस्रो र आर्यन तेस्रो भएका छन् ।

विजयी खेलाडीलाई पूर्व खेलकूदमन्त्री महेश्वरसिंह गहतराज, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका अध्यक्ष अच्युत खनाल र प्रमुख प्रशिक्षक दिलिपराज बरालले नगद, मेडल र प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा ग्लाइड सिटीका सञ्चालक बसन्त पन्तले अथितिहरुलाई मायो चिनो प्रदान गरेका थिए ।

यसअघि सो प्रतियोगिताको उद्घाटन गर्दे नेपाल ओलम्कि कमिटीकका अध्यक्ष जीवनराम श्रेष्ठले स्केटिंङ्गमा बालबालिका र युवायुवतीको आर्कषण रहेकोले यो खेलको भविष्य सुन्दर रहेको बताएका थिए ।

ग्लाइड फेस्ड स्केट स्पीड च्याम्पेनसीप २०२५ अन्तर्गत जुनियर तथा सिनियर विद्याको निर्णय मण्डलमा प्रमुख प्रशिक्षक दिलिपराज बराल, राष्टिय खेलाडीहरु कृपा पन्त, योगिना श्रेष्ठ, मुस्कान मगर, प्रयास खड्का रहेका थिए ।


प्रतिक्रिया