६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

मंसिर १७, २०७६ | काठमाडौं

गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई चितवन सरुवा भएको छ । चितवनका जितेन्द्र बस्नेतलाई पर्सा पठाईएको छ ।

भक्तपुरका नारायण प्रसाद भट्टलाई मकवानपुर पठाईएको छ । यस्तै, गृहमा कार्यरत हुमकला पाण्डेलाई भक्तपुर पठाईएको छ । लम्जुङका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईलाई अध्यागमन विभागमा तानिएको छ । अध्यागमन कार्यालयका लक्ष्मण बहादुर खड्कालाई लम्जुङ पठाईएको छ । 


प्रतिक्रिया